महासंघद्वारा टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण

Advertisement

काठमाडौं । मित्रराष्ट्र टर्कीमा हालै गएको विनासकारी भूकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि  नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय÷राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरिएको हो । 

Advertisement

महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट आदि रहेका छन् । 

सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ ।  

महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ । 
 

Advertisement

Advertisement