मूल्यवृद्धि तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशत पुग्ने अनुमान

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणबाट तीन महिनापछि र एक बर्षपटिको मुद्रास्फीति (महंगी) दर १० प्रतिशत र १२ प्रतिशत हुने देखिएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजामा तीन महिनापछि र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको र तीन महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ भन्दै राष्ट्र बैंकले तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको बताएको छ ।  

Advertisement

गत पुस २४ देखि ३० सम्म ६० बजार क्षेत्रका दुई हजार १० जनासँग अन्तरवार्तामार्फत् गरिएको सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् भने ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । 

अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजको तुलनामा घटेको छ ।  खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजको तुलनामा बढेको छ । 

त्यस्तै, गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजको तुलनामा केही घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू, पेय पदार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा गत असोजको तुलनामा घटेको छ ।

Advertisement