ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते

Advertisement

काठमाडौं । गए राति खाना  पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

बुद्धनगरस्थित घरमा गए राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएका हुन् ।  उनीहरुरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

Advertisement

सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले भनाईका आधारमा भण्डारीलाई भेटेर आएका कांग्रेस नेताले बताका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतले भण्डारीका आमा छोरालाई राति नै भेटन् अस्पताल पुगेका थिए । 

खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको जनाइएको छ । 

Advertisement

Advertisement