काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यथास्थितिले समस्या समाधान होइन्, झन आर्थिक संकट बढाउने बताएका छन् ।
नेपाल ऊनी उत्पादन तथा निर्यात संघको १४औं वार्षिक साधारणसभा बिहीबार साँझ उनले देशले विकास र संवृद्धिको फड्को मारे मात्रै देश आर्थिक संकटबाट जोगिने बताए । उद्योग व्यवसायको विकासमार्फत उत्पादन बढाउन जरुरी रहेको भन्दै श्रेष्ठले व्यवसायमा आएका समस्याको वास्तविक पहिचान गरेर समस्याको ठोस प्रभावकारी विकल्प के हुन्छ ? भन्ने छलफल गरि निष्कर्षमा पुर्याउने बताए । मन्त्री श्रेष्ठले अर्थतन्त्रलाई थप संकटमा जान नदिने बताए ।
संघका अध्यक्ष नरेशलाल श्रेष्ठले स्वदेशी ऊनी उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न जरुरी रहेको बताए । ऊनी धागो उद्योग निर्यातबाट विदेशी मुद्रा आर्जन गरी हजारौंलाई रोजगारी सिर्जना गरेको उनले बताए ।