मुद्दती निक्षेपमा लगानी गर्न नेपाल पुनर्बीमा कम्पनीले खोज्यो बैंक

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

कम्पनीले आफूसँग रहेको लगानीयोग्य रकम एक वर्षे अवधिका लागि मुद्दतीमा राख्न खोजेको हो । 

Advertisement

मुद्दतीमा लिन इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र भुक्तानीको तरिकासमेत खुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ । 

शिलबन्दी पाँच दिनभित्र थापाथलीस्थित कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ । शिलबन्दी फाराम कम्पनीको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement