सहकारी ठगी मुद्दामा काठमाडौंबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी

Advertisement

काठमाडौं । सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पुर्जी लिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

Advertisement

काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने यसअघि संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको जनाइएको छ । 

काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको जनाइएको छ । 

यसअघि लामिछानेविरुद्ध पोखरा र रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी गरिएको थियो । 

Advertisement

Advertisement