महासंघ चुनाव आज : ८ बजेदेखी मतदान सुरु हुँदै

Advertisement

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुदैंछ। निर्वाचन कार्यक्रममा भाग लिनका लागि महासंघका सबै जिल्लाहरुबाट प्रतिनिधिहरु काठमाडौं आइपुगिसकेका छन्।

निर्वाचन समितिले ८ बजेदेखी ४ बजेसम्मलाई मतदान समय तोकेको छ। मंगलबार अबेरसम्म पनि सबै प्रतिस्पर्धिहरुले चुनावको अन्तिम तयारी गरेका छन्।

Advertisement

यो पटक महासंघ बरिष्ठ उपाध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा देखिएको छ। चर्चित पद बरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ रहेका छन्।

प्रतिस्पर्धिहरुले राति अबेरसम्म मतदाताहरुसँग अन्तरक्रिया गरेका थिए। यस्तै अबका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहमतिको प्रयास गरेपनि सफल हुन सकेन। उपाध्यक्ष पदका लागि ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यावस्था छ। यसरी पहिलो चरण स्पष्ट नतिजा नआए बिहिबार निर्वाचन हुनेछ।

Advertisement

Advertisement