समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बिहान बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा एफपीओ बाँडफाँट गरिएको हो । 

उक्त कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको थियो । उक्त एफपीओ ३५ हजार ९० जनाले १०-१० कित्ताका दरले पाएका छन् । आवेदन दिएका १४ लाखको हाल खाली भएको छ । 

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट एफपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि एफपीओको नतिजा हेर्न सकिन्छ ।

कात्तिक १२ गतेदेखि कात्तिक २० गते अन्तिम दिन साँझ ५ बजसम्म एफपीओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपियाँ बराबरको २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४ः२५ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पुँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्नुपर्ने भएकाले एफपीओ जारी गरेको हो । 

एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलका अनुसार हाल ५६ करोड ४० लाख रुपियाँ रहेको लघुवित्तको चुक्ता पुँजी एफपीओ निष्काशनपश्चात् ५९ करोड ९० लाख रुपियाँ पुग्नेछ । 

Advertisement

Advertisement