कांग्रेसभित्र मन्त्री भागबण्डा नमिले पनि देउवाले आफूनिकट साउदलाई परराष्ट्रमन्त्री बनाउने

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको भागबण्डामा आफ्नै पार्टीभित्र विवाद मिलाउन नसकिरहेको बेला आफ्नै गुटका एनपी साउदलाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । 

साउद कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हुन् । उनलाई भोलि आइतबार शपथ ग्रहण गराउने तयारी गरिएको छ । भागबण्डामा आठ मन्त्रालय पाएको कांग्रेसले भागबण्डा मिलाउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भागबण्डा मिलाउन एउटा मन्त्रालय थपिदिने आश्वासन दिएका छन् । यसअघि भागबण्डामा किचलो भएपछि चार जनालाई मात्रै मन्त्री बनाएको थियो । 

Advertisement

आन्तरिक विवाद नमिले पनि देउवाले उपचुनाव अगाडि नै साउदलाई मन्त्री बनाउन लागेका हुन् । प्रधानमन्त्री दाहालको संभावित भारत भ्रमणलाई लक्षित गरेर साउदलाई परराष्ट्रमन्त्री बनाउन लागिएको अडकल गरिएको छ । 

Advertisement

Advertisement