मिटर ब्याज लिने कार्यमा नलाग्न कार्यकर्ताहरुलाई अध्यक्ष नेपालको निर्देशन

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याज लिनेलाई कार्वाही गर्नु पर्नेमा जोड दिंदै त्यस्ता कार्यमा नलाग्न आफ्ना कार्यकर्ताहरुलाई सुझाएका छन् ।  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहट–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार चोभारमा आयोजित बनभोज, नव वर्षको शुभकामना तथा २०८० को क्यालेण्डर बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।  

Advertisement

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री डा. बशिधर मिश्र, कल्याणी खड्का, पोलिट्ब्युरो रामकुमार भट्टराई, केन्द्रिय सदस्य एवम् जिल्ला इञ्चार्ज सरला यादव, अर्थ तथा योजना बिभाग उपप्रमुख तथा बरिष्ठ अर्थबिद् डा. चन्द्रमणि अधिकारी लगायतको आतिथ्य रहेको थियो ।  

उक्त कार्यक्रममा चित्रकला प्रतियोगिता, घैँटो फुटाउने खेल, हाजिरजवाफ प्रतियोगिता समेत गराइएको थियो । 

सम्पर्क मञ्चका अध्यक्ष सचित कुइकेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

Advertisement

Advertisement