काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आव २०७९/८० को तेस्रो त्रैमाससम्म १ अर्ब ८० करोड खुद नाफा कमाएको छ । बैंकले आज तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ३० करोड रुपियाँ खुद नाफा कमाएको थियो ।
वित्तीय विवरण अुनसार बैंकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३०.७५ प्रतिशत बढेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब १६ करोड रहेको छ।
प्रतिशेयर आम्दानी बढेर २३ रुपियाँ ७६ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात १३.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपियाँ ४७ पैसा छ । निष्क्रिय कर्जा ०.८३ प्रतिशत बढेर ०.९७ प्रतिशत पुगेको छ ।
बैंकको जगेडा कोषमा ७ अर्ब ९५ करोड रुपियाँ सञ्चित छ । निक्षेप १७.२३ प्रतिशत र कर्जा १४.०९ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ ।