काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र माबिलुङबीच सम्झौता भएको हो ।
माबिलुङ्गग इनर्जीको सर्वसाधारणमा बिक्री गरिने रु. १००/– अंकित दरका रु.१८,९०,५४,०००/- रकम बराबरको १८,९०,५४० कित्ताआईपीओ निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलका सीईओ राजीव सापकोटा र माबिलुङका संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजनाको ५० प्रतिशत कार्य सम्पन्न गरिसकेको छ ।