काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गते सोमबारदेखि आज बिहीबारसम्म निष्काशन खुला गरेको आईपीओमा १२ लाख २८ हजार २ सय जनाको आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपियाँ बराबरको १ करोड ३५ लाख ७ हजार ९६० कित्ता शेयरका लागि आवेदन परेको हो ।
कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरी सर्वसाधारणका लागि ९ लाख ३४ हजार ९ सय १५ कित्ता आईपीओ निष्काशन गरेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९४ हजार ४ सय ८६ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।
कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा ४।७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । त्यस्तै पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुवा १ आयोजना निर्माण गर्नको लागि अनुमति पत्र पेश गरेको जनाएको छ ।