मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई बीमावापत१० लाख हस्तान्तरण

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका कोहलपुर नगरपालिका ११ का  स्व. जयप्रकाश घर्तीको परिवारलाई बीमा दाबी भुक्तानी वापत रु १० लाख उपलब्ध गराएको छ । 

घतीले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्नु भएको कारण परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

Advertisement

बुधबारका कोहलपुर नपा ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको रु १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तीलाई हस्तान्तरण गरिएको हो । 

उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । 
 

Advertisement

Advertisement