तारा सापकोटापछि रसुवा भन्सार प्रमुख नारायण भण्डारी कारबाहीमा परे

Advertisement

काठमाडौं। रसुवा भन्सार कार्यालयका प्रमुख नारायण भण्डारी कारबाहीमा परेका छन्। पटक-पटक विवादित काम गरेपछि भण्डारी कारबाहीमा परेका हुन्।

पुर्व अर्थमन्त्री जनार्दन शर्माका पालामा सेटिङ मिलाएर कार्यलय प्रमुख बनेका भण्डारी सुरुआति दिन देखिनै विवादित गतिविधिका संग्लन छन्।

Advertisement

विशेषगरी चीनबाट नेपाल भित्रिने सामाग्रीहरु तोकिएको भन्सार सन्दर्भ सूचि भन्दा कम मूल्यमा नै जाँचपास गराउदै आएका थिए। चार महिना अघि विशेष सूचनाका आधारमा रसुवा भन्सारबाट छुटेको गाडी समात्न राजस्व अनुसन्धानको टोली रसुवा गएको थियो ।

टोली आएको सुराकी पाएपछि स्याप्रुबेसी मै सामान निकालेर ट्रक फर्किएको थियो। काठमाडौंका लागि भनेर छुटेको ट्रक बाटोमा नै सामान गायाब गरी खाली ट्रक  मात्रै भेटिएको थियो।

पछिल्लो समय विशेष सूचनाको आधारमा भन्सार विभागको टोली छड्के अनुगमनमा रसुवा पुगेको थियो। टोली आएको जानकारी पाएपछि भन्सार जाँचपास भैसकेर निस्किसकेको गाडी पुन भन्सार र्याडमै फर्किएको थियो। यसरी फर्किएको गाडीबाट संकास्पद सामाग्री अर्को गाडीमा राखेर लगिएको अनुगमन टोलीमा खटिएको कर्मचारीले सिसिटिभी फुटेजमा देखिएको थियो।

यस प्रकृतिको कार्यमा भण्डारी सहभागी रहेको भन्दै कारबाही गरिएको हो।

उनले राजस्व अनुसन्धान तथा भन्सार विभागको अनुसन्धान टोलीलाई समेत छक्याउदै गैरकानुनी काम गर्दै आएका थिए। भण्डारी आन्तरिक राजस्व विभाग अन्तर्गत कार्यालयमा काम गर्दै आएका थिए।

उनी आफ्नो कामको प्रकृति नै परिवर्तन गरेर रसुवा पुगेका थिए। रसुवा भन्सारमा राम्रो काम गरिरहेका तत्कालिन कार्यालय प्रमुख रामप्रसाद मैनालीलाई तानेर उनी कार्यालय प्रमुख बनेका थिए। भण्डारी सहित कार्यालयमा कार्यरत अधिकृत बलराम भण्डारी र नासु इन्दु शर्मालाई गत बुधबार विभाग तानिएको छ। यसअघि प्रज्ञापनपत्र डिलेट गरेको आरोपमा विभागले विराटनगर भन्सार कार्यालय प्रमुख तारा सापकोटालाई विभागिय कारबाही गरेको थियो।

Advertisement

Advertisement