मेची प्रमुखमा रेग्मी, रसुवा भन्सारमा पाठक नियुक्त

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले २ भन्सार कार्यालय प्रमुख नियुक्त गरेको छ । मन्त्रालयले मेची भन्सार र रसुवा भन्सार कार्यालय प्रमुख तोकेको हो ।

मन्त्रालयले मेची भन्सार कार्यालय प्रमुखमा रामप्रसाद रेग्मी र रसुवा भन्सार कार्यालयमा रामप्रसाद पाठकलाई नियुक्त गरेको हो ।

Advertisement

रेग्मी हाल भन्सार विभागमा कार्यरत रहेका थिए । उनी यसअघि रसुवा भन्सार कार्यालयबाट कारबाहीमा परेर विभाग तानिएका थिए । सो भन्दाअघि दीर्घ मैनाली राजस्व अनुसन्धान विभागका प्रमुख रहँदा अनुसन्धान विभागमा रहेका थिए ।  

मेची भन्सार प्रमुख रामप्रसाद पाठकलाई रसुवा भन्सार कार्यालयमा पठाइएको छ । उनी मेची भन्सारबाट सिधै रसुवा पुगेका हुन् । रसुवा भन्सार कार्यालयका नारायण भण्डारीलाई भन्सार जाँचपास परिक्षण कार्यालयमा सरुवा गरिएको छ । उनी विभागीय कारबाहीमा परि सरुवा भएका हुन् ।

Advertisement

Advertisement