काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।