‘हुलास स्टील दिवस’ मा दुई सय बढीले गरे रक्तदान, ११ जना कर्मचारी पुरस्कृत

Advertisement

काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले ‘हुलास स्टिल दिवस’ का अवसरमा  आज विभिन्न कार्यक्रम गरी मनाएको छ । कम्पनीले काठमाडौंस्थित कर्पोरेट कार्यालय, सिमरा स्थित कारखाना र  हिप्को इन्फ्रा बेल्वा स्थित कारखानामा रक्तदान कार्यक्रम गरी दिवस मनाएको हो ।

खरको छानाहरुमा हुने आगलागीको जोखिम र धनजनको क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यका साथ गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टील ईण्डष्ट्रिज सिमरा, बाराले उद्योगका संस्थापक एवम् संचालक स्व. दिवाकर गोल्छाको ७०औं जन्मजयन्तीको अवसर पारेर रक्तदान एवम् आर्थिक सहयोग प्रदान कार्यक्रमको आयोजना गरेको हो । 

Advertisement

कम्पनीको काठमाडौं स्थित कार्यालय गोल्छा हाउस, गणबहालमा गरिएको रक्तदानमा २४ जना सिमरा स्थित काराखानामा गरिएको रक्तदानमा १५८ जना र हिप्को ईन्फ्रा प्रालि, बेल्वा, बीरगंजमा ३७ जनाले रक्तदान गरे ।  

उक्त अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।  साथै, सोही अवसरमा दिवाकर गोल्छा फाउन्डेसनले शिक्षा, स्वास्थ्य, मठमन्दिरहरुको संरक्षण लगायत विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

Advertisement

Advertisement