सिद्धार्थ प्रिमियरको नाफा ६ करोड ४० लाख रुपियाँ

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६ करोड ४० लाख रुपियाँ नाफा कमाएको छ। गत आवको सो अवधिमा कम्पनीले १४ करोड रुपियाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा ३४ करोड ७१ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको पहिलो त्रैमाससम्म कम्पनीले ३४ करोड २३ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement

चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले ५८ करोड ५७ लाख रुपियाँ कुल आम्दानी गरेको छ । यसै अवधिमा कम्पनीले ४७ करोड ६६ लाख रुपियाँ खर्च गरेको छ ।

असोज मसान्तसम्म २ अर्ब ८० करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १७ करोड रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ५५ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड र शेयर प्रिमियममा ४ लाख रुपियाँ सञ्चित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ९.१२ रुपियाँ र प्रतिशेयर नटेवर्थ २७७.६७  रुपियाँ छ ।

Advertisement

Advertisement