अटो शोको स्टल निर्धारणका लागि नाडाले गर्यो लटरी ड्र

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले वल्ड ट्रेड सेण्टर त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म/कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दै आएको छ ।

स्टल बुकिङ्गका लागि नाडाले यसअघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो । यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएका छन् । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ । 

Advertisement

नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२  कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको नाडाले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् । खाशगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् । 

त्यसैगरी सो प्रदर्शनीमा अटोमोवाइल व्यवसायसंग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स जस्ता कम्पनीहरु समेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ । नाडाले गत बर्ष नाडा इभि एक्सपो २०२२सम्पन गरेको थियो ।

विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय अव केही चलायमान हुने अपेक्षा समेत राखिएको छ । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुदैछ । 

यस प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अरव भन्दा बढीको कारोबार हुने आशा समेत गरिएको छ । 

Advertisement

Advertisement