गुराँस र गणपति दुबै लघुवित्तको नाफा घट्यो, कुनले कति कमाए ?

Advertisement

काठमाडौं । गुराँस लघुवित्त र गणपति लघुवित्त दुबैको नाफा घटेको छ । दुबै लघुवित्तले आज सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा घटेको देखिएको छ । 

यसैक्रममा गुराँस लघुवित्तको खुद नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख ५३ हजार रुपियाँमा सीमित भएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा ४१ लाख ३९ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

Advertisement

खुद ब्याज आम्दानी घटेर ५ करोड ५९ लाख ९८ हजार र सञ्चालन नाफा पनि घटेर ४४ लाख ७४ हजार रुपियाँमा सीमित भएको छ । 

प्रतिशेयर आम्दानी २ रुपियाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपियाँ २६ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।  

यता, गणपति लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा ७० लाख २८ हजार रुपियाँ  खुद नाफा कमाएको छ । अघिल्लो वर्षको समीक्षा अवधि भन्दा २ करोड १८ लाख रुपियाँ कम नाफा कमाएको हो । 

उक्त कम्पनीको हाल कायम चुक्ता पूँजी १५ करोड १५ लाख ५४ हजार रुपियाँ छ भने जगेडा कोषमा ३ करोड ५९ लाख रुपियाँ छ । प्रतिशेयर आम्दानी ६.१८ रुपियाँमा सीमित हुँदा प्रतिशेयर नेटवर्थ १२९.२४ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।  

Advertisement

Advertisement