राष्ट्रिय वाणिज्य बैंकले कमायो ४ अर्ब ९१ करोड नाफा, यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गतवर्ष ४ अर्ब ९१ करोड २८ रुपियाँ नाफा कमाएको छ । 

बैंकले आज चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १४.५६ प्रतिशत नाफा बढाएको उल्लेख गरेको हो । अघिल्लो वर्ष ४ अर्ब २९ करोड २८ लाख रुपियाँ खुद नाफा कमाएको छ । 

Advertisement

बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख छ भने खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड ८३ लाख गरेको छ । 

चक्ता पूँजी १५ अर्ब ६३ करोड रहेको बैंकको जगेडा कोषमा ३६ अर्ब ५८ करोड रुपियाँ छ । बैंकको खराब कर्जा २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement