नेशनल लाईफ इन्स्योरेन्सले पोखरामा गर्यो वार्षिक बिजनेश सम्मेलन

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने बार्षिक सम्मेलन ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ । 

आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले सम्मेलन गरिएको सीईओ सुरेशप्रसाद खत्रीले बताए । 

Advertisement

उक्त सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । 

सम्मेलनमा सहभागि कर्मचारीहरुलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पंडितले सम्पत्ति शुद्धिकरण तथा आंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । 

मनोक्रान्तीका संस्थापक डा. योगी विकासानन्दले सहभागि कर्मचारीहरुलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकारात्मक उर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा  प्रशिक्षण प्रदान गरे ।  

आव २०७९/८० मा शाखा संचालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख सीईओ खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement