काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते देखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन आज असोज २६ गते शुक्रबार अन्तिम दिन हो ।
इच्छुक लगानीकर्ताहरुले शुक्रबार बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन् ।
यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता निष्काशन गरेकोमा बिक्री नभएको १ लाख ९५ हजार ३ सय कित्ता थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सर्वसाधारणको लागि निष्काशन खुला गरेको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।
सर्वसाधारणका लागि बिक्री गर्न लागिएको आईपीओ ८५ हजार ९ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।
उक्त कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।