काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले पत्थर डाँडा, रुपन्देहीमा १० वटा अत्याधुनिक र सुविधा सम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ ।
त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस ब्यबसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा आएको हो ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि संचालनमा आउने छ । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको बताए ।
TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र द्यक्ट मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ । विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ । BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ । SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।
‘अत्याधुनिक द्यक्ट इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी MAGNA गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं । साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ।’ कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालि कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए ।