काठमाडौं । तिहार अघि अर्थात् कात्तिक १५ गते हालसम्मकै उच्च एक लाख ७१ हजार रुपियाँ प्रतितोला कारोबार भएको सुनको मूल्य तिहार लगत्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलमा २८ सय रुपियाँले घट्दै एक लाख ६८ हजार २ सय रुपियाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६० रुपियाँले घट्दै दुई हजार ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तिहार अघि कात्तिक १५ गते चाँदी प्रतितोला दुई हजार ९० रुपियाँमा कारोबार भएको थियो ।