छयासी हजारलाई पर्ने चिरख्वा हाइड्रोको आईपीओमा १२ लाख १२ हजारको आवेदन

Advertisement

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि आज २६गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १२ लाख १२ हजार ६ सय ४५ जनाको आवेदन परेको छ । 

आज अन्तिम दिनको अन्तिम समयसम्म १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपियाँ बराबरको १ करोड ३१ लाख ९९ हजार २ सय ४० कित्ताका लागि आवेदन परेको हो । 

Advertisement

यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,  १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ । 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता निष्काशन गरेकोमा बिक्री नभएको १ लाख ९५ हजार ३ सय कित्ता थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सर्वसाधारणको लागि निष्काशन खुला गरेको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । 

सर्वसाधारणका लागि बिक्री गर्न लागिएको आईपीओ ८५ हजार ९ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

उक्त कम्पनीले भोजपुर जिल्लामा ४।७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement