काठमाडौं । मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि आज ३० गते मंगलबारसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा १४ लाख २१ हजार ७ सय ७७ जनाको आवेदन परेको छ ।
एफपीओ भर्ने अन्तिम दिन आज साँझ ५ बजेसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपियाँ बराबरको १ करोड ६१ लाख ७४ हजार ५ सय ८० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले प्रतिकित्ता रु. १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन खुला गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरिएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
उक्त कम्पनीको एफपीओ १२ हजार ३ सय ७५ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।