काठमाडौं । कुमारी बैंकले आजदेखि पाँच अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ ।
प्रतिइकाई १ हजार रुपियाँमा ५० लाख इकाई ऋणपत्र जारी गरेको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।
बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । ऋणपत्रका लागि छिटोमा कात्तिक १२ गतेसम्म ढिलोमा कात्तिक १६ गतेसम्म आवेदन दिन पाइने छ ।
यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुने र यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।