एनआरएनएको एमाले समूहले ‘कांग्रेस–माओवादी’ पक्षलाई कुट्यो, संघको कार्यालयमा तनाब

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएसँगै कार्यालय कब्जा गर्ने क्रममा एकले अर्कोलाई कुटपित गर्ने क्रम सुरु भएको छ । 

बालुवाटारस्थित संघको कार्यालयमा मंगलबार एनआरएनएको नेकपा एमाले समूहले सत्तारुढ ‘कांग्रेस–माओवादी’ समूहलाई कुटपिट गरेको छ । एमालेको समर्थन पाएको बद्री केसी नेतृत्वको संस्थापन समूहले आफूलाई आधिकारिक मान्दै आएको छ भने केसीको समूहले विद्युतीय मतदानमा धाँधली गरेको भन्दै राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा अर्को समूहले समानान्तर कार्यसमिति घोषणा गरेको छ । शर्माको समूहलाई सत्तारुढ कांग्रेस–माओवादीको समर्थन छ । 

Advertisement

दुवै पक्षले आफूलाई आधिकारिक दावी गरिरहेको बेला मंगलबार कार्यालयमा तनाबको स्थिति सिर्जना भएको हो । शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएको छ । प्रहरी वृत्त, दरबारमार्गमा दिएको उजुरी अनुसार, शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली त्यहाँ थियो । बस्नेत गुण्डाहरुको नाइकेको रुपमा चिनिन्छन् । 

बद्री केसीलाई शुभकामना दिन भन्दै संघको कार्यालय पुगेको युवा संघ समेतको टोलीले आरके शर्माको टोलीका सदस्यलाई फोटो खिचेको बहानामा कुटपिट गरेको हो । त्यस क्रममा शर्मा समूहका ओम शर्माको मुखमा चोटपटक लागेको छ । उजुरी परेपछि आजको घटनाको छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । 

Advertisement