काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि आज २४ गतेसम्म निष्काशन खुला गरेको एफपीओमा ईपीओमा ११ लाख २२ हजार ९११ जनाको आवेदन परेको छ ।
कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्काशन गरेको हो ।
सर्वसाधारणका लागि जारी गर्न लागिएको उक्त एफपीओ १७ हजार ८ सय ४४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् ।
सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको जनाएको छ ।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।