सोल्टी होटलद्वारा ३१.५७ प्रतिशत लाभांश घोषणा, पुस २६ गते साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । सोल्टी होटलले ३१.५७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको आइतबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट २६.५७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लिलबहादुर खत्रीले जनाएका छन् । 

Advertisement

यसैबीच लाभांश पारित गर्न कम्पनीको ४९औं वार्षिक साधारण सभा पुस २६ गते बिहान १०ः३० बजे नेपाल प्रज्ञा भवन कमलादीमा गर्ने निर्णय समेत भएको छ । 

साधारण सभा प्रयोजनका लागि पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरिएको कम्पनी सचिव खत्रीले जनाएका छन् । 
 

Advertisement

Advertisement