महासंघले अर्को साताबाट गर्न लागेको व्यापार मेला प्रसाइँको आन्दोलनले प्रभावित हुनसक्ने

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्को साताबाट गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला अभियान्ता दुर्गा प्रसाइँको आव्हानमा हुन लागेको आन्दोलनले प्रभावित हुनसक्ने देखिएको छ । 

महासंघले पहिलदेखि तयारी गर्दै आएको यो व्यापार मेला यही आउँदो मंसिर १४ बाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । पाँच दिनसम्म हुने जनाइएको मेलाकै समयमा प्रसाइँले देशभरबाट मानिसहरुलाई आन्दोलनका लागि ल्याउने तयारी गरेका छन् । 

Advertisement

प्रसाइँको आन्दोलन असफल बनाउन नेकपा एमालेले पनि आफ्नो युवा संगठनलाई उक्साउने काम गरेको छ । सरकारले आन्दोलनलाई लक्षित गर्दै नयाँ बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मानिसहरुमा त्रास र अन्योलता बढेको बेला महासंघले गर्न लागेको मेला परेको हो ।  

 यस्तो विषयम अवस्थामा मेला कति सफल र प्रभावकारी हुन्छ भन्ने कुरामा महासंघकै पदाधिकारीहरु अन्योलमा देखिन्छन् । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश पनि सहभागी हुने जनाइएको छ । अधिकांश स्टलहरु बिक्री भइसकेको महासंघले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द«्रको प्रवर्द्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हरेक बर्ष हुने व्यापार मेलामा तीनसय भन्दा बढी स्टल हुने जनाइएको छ । 

Advertisement