काठमाडौं । शेयर बजार उचालिंदा सवा अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.८७ अंकले बढेको छ । ०.५३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६०.२० अंकमा उक्लिएको छ ।
आज २९२ कम्पनीका ४४ लाख २० हजार ५ सय १८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४ सय ३०.३० रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बजेको दिन बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै आजैमात्रै ११ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नबिल बैंककै उच्च कारोबार भएको छ । उक्त बैंकको १३ करोड १० लाख ७६ हजार १ सय ५.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
शेयर बजार खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बजार बढ्दा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९.७० रुपियाँ, मंगलबार २३.८२ अंकले बजार घट्दा ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३.९१ रुपियाँ र हिजो बुधबार बजार २०.६७ अंकले बढ्दा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५.५९ रुपियाँ बराबरको कारोबार भएको थियो । आइतबार भने छठ पर्वका कारण बजार बन्द रहेको थियो ।