मुक्तिनाथ कृषि कम्पनीको आईपीओ शुक्रबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गते शुक्रबारदेखि १२ गते मंगलबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

कम्पनीले सेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

पहिलो चरणमा १ करोड ४० लाख रुपियाँ बराबरको १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।


 

Advertisement

Advertisement