नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आइतबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गते आइतबारदेखि १३ गते बुधबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । 

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाउने छन् । 

Advertisement

Advertisement