स्मार्ट बन्दै प्रहरी सेवाः कर्णाली प्रदेश प्रहरीद्वारा ‘क्यूआर कोड’बाट सेवा सुरू

Advertisement

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘क्यूआर कोड’बाट सेवा सुरू गरेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकालका अनुसार नेपाल प्रहरी कार्ययोजना र सुरक्षित कर्णाली विशेष अभियान–२०८० अन्तर्गत यो कार्यको सुरू गरिएको हो ।  

Advertisement

प्रहरी सेवासम्बन्धी गुनासो र सुझाव संकलनको लागि प्रहरीले उक्त सेवाको सुरुआत गरेको हो । साथै नागरिकले क्यूआर कोडबाट आफ्नो नजिकै भएको घटनाबारे पनि जानकारी गराउन सक्नेछन् ।

यो सेवाले गुनासो व्यवस्थापनलाई छिटो छरितो र व्यवस्थित बनाउने, नागरिकका गुनासोहरूको अभिलेख व्यवस्थापनको कार्य गर्ने डीआईजी ढकालले बताए । 

प्रहरीसँग सम्बन्धित गुनासो र सुझावहरू संकलन प्रक्रियालाई प्रविधिमैत्री बनाउने, सेवाग्राहीको समय र खर्चको बचत तथा गोपनियता कायम गर्ने कार्य पनि यो सेवाबाट गरिनेछ । सूचना दिने मान्छेले नाम उल्लेख नगरे पनि हुने डीआईजी ढकालले बताए । 

प्रदेश प्रहरी कार्यालयमा सुरू भएको यो कार्य कर्णालीका १० वटै जिल्लामा लागू गर्ने जनाइएको छ । क्यूआर कोडमार्फत आएका जरूरी गुनासोलाई ३ दिनभित्र र साधारण गुनासोको सम्बोधन ५ दिनभित्र गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै गुनासो गर्नेलाई कारबाहीको विवरण पनि जानकारी गराइने ढकालले उल्लेख गरे । 


 

Advertisement

Advertisement