एक लाख १४ हजारलाई पर्ने मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा १३ लाख बढीको आवेदन

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि आज १२ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १३ लाख २२ हजार ९ सय ५४ जनाको आवेदन परेको छ । 

इच्छुक लगानीकर्ताहरुले आज बैंकिङ समयसम्म  १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १ सय ८० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ । 

Advertisement

कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो । 

सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

कम्पनीले सेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

पहिलो चरणमा १ करोड ४० लाख रुपियाँ बराबरको १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

Advertisement

Advertisement