युनाइटेड मोदी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद जारी गर्ने

Advertisement

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरेको छ । 

सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले हकप्रद निष्काशनका लागि नियमनकारी निकायमा स्वीकृतिका लागि आवेदन दिने निर्णय गरेको कम्पनी सचिव कैलास पाण्डेले जनाएका छन् । 

Advertisement

नियामक निकायबाट स्वीकृति भएपछि कम्पनीले आगामी साधारण सभामा उक्त प्रस्ताव पेश गर्नेछ । सभाबाट पारित भएपछि सेबोनमा स्वीकृतिका लागि निवेदन पेश गर्ने कम्पनी सचिव पाण्डले उल्लेख गरे । 

कम्पनीको हाल कायम चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपियाँ छ । 

Advertisement

Advertisement