एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग

Advertisement

काठमाडौं । गत कात्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको भूकम्पबाट प्रभावितहरुका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपियाँ सहयोग गरेको छ ।  

विपद् प्रभावित क्षेत्रमा सरकारको पुनस्र्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गरेको हो । 

Advertisement

उक्त चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनद्वारा मंसिर १२ गते मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको थियो । 
 

Advertisement

Advertisement