प्रधानमन्त्री र नेपाल वायुसेवाले यात्रुसँग क्षमा माग्दै क्षतिपूर्ति पनि दिनुपर्छः आचार्य

Advertisement

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल वायुसेवा निगमले गरेको व्यवहारप्रति प्रधानमन्त्री दाहाल र निगमले सम्वन्धित यात्रुसँग क्षमा माग्दै क्षतिपूर्ति समेत दिनुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीलाई चाँडै यूएई (संयुक्त अरव इमिरेट्स) जानु परेको नाममा यात्रुहरुलाई अलपत्र पारेर जहाज गएपछि यो अहिले ठूलो बहस र आलोचनाको विषय बनेको छ । आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सधैं नागरिक सर्वोच्चता भनेर कुर्लने प्रधानमन्त्री र जहाज उडाउने नेपाल वायुसेवाले यो के काम गरेको ? राजाको समयमा राजा र प्रजाको कुरा आउॅंथ्यो । आज गणतन्त्र अर्थात् जनताको शासनमा नागरिक र शासकबीचको खाडल हिजो भन्दा ठूलो छ । यात्रुहरूलाई क्षमा मात्र होइन्, क्षतिपूर्ति पनि दिइनुपर्छ ।’ 

Advertisement

प्रधानमन्त्री दाहालले बुधबार राति ११ बजे उड्नुपर्ने नियमित उडानलाई दुई घण्टा अगाडि सारेर ९ बजे नै प्रस्थान गरेका थिए । उनी अगाडि जानुपरेको नाममा निगमले सोही उडानबाट जान तयार भएर बसेका ३१ जनालाई बिना जानकारी डिपोर्ट गरिदिएको थियो । उनीहरु कामको कामको तालिका मिलाएर आफू काम गरेको कम्पनीमा हाजिर हुने गरी नेपाल वायुसेवा निगमको टिकट लिएका थिए । 

अहिले निगमले अल्टै घट्ना कसरी घट्यो भनेर छानविन समिति बनाउने निगमले निर्णय गरेको छ । नियमित उडानलाई कुनै पनि बहानामा अगाडि वा पछाडी धकेलेर उडान गर्न नमिल्ने नियम छ । 
 

Advertisement

Advertisement