इमर्जिङ्ग नेपालको साधारण सभाबाट ८.४२ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वर काठमाण्डौँमा सम्पन्न भएको छ । 

उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आव २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

Advertisement

साथै सभाले ८.४२१०५% नगद लाभाशं ( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

Advertisement

Advertisement