ज्योति विकास बैंकका ग्राहकले फ्रोजन खाद्यमा २७ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’ बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउने भएका हुन् । 

Advertisement

सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेका छन् । र्नुभएको हो।

ग्राहकहरुले खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने छन्। बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको जनाएको छ ।   

बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 

Advertisement

Advertisement