मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो होः ओली

Advertisement

काडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । महाकाली—मेची यात्राका क्रममा आइतवार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताएका हुन् । 

ओलीले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको दावी गरे । उनले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताए । 

Advertisement

नेता ओलीले भने, ‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म बिरोध गर्न चाहन्छु  । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा हामी माथि पनि र संसदमा पनि भनिरहेका छाँै । सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् ।’ 

उनले थपे, ‘जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला शुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला शुरु हुन्छ । अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ । म विनोद साहीलाई शहिदको रुपमा घोषणा गर्दछु ।’

ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाइ हत्या गरिएको भन्दै आयोचना गरे । 

Advertisement

Advertisement