काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ बुधबार बाँडफाँटको तयारी गरिएको हो ।
कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७ सय ५६ जनाले एक करोड ३६ लाख ४३ हजार ३् सय ९० कित्ताको लागि आवेदन दिएका छन् ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु। १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाउने छन् ।