हिमालयन डिस्टिलरीद्वारा २५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

यसैबीच कम्पनीको २३औं वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बीरगञ्जमा साधारण सभा गर्न लागिएको हो । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय भएको छ । 
 

Advertisement

Advertisement