इण्डोनेसियाको ज्वालामुखी बिस्फोटमा मृत्यु हुनेको संख्या २३ पुग्यो

Advertisement

काठमाडौं । इण्डोनेसियाको सुमात्रामा ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुने आरोहीहरुको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । 

बीस जनाको शव अस्पताल लगिएको छ । अन्य तीन जनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका छन् । कतिपय घर फर्किसकेका छन् भने गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी बिष्फोट भएको थियो । सिन्ह्वा–नान

Advertisement

Advertisement

Advertisement