अमेरिकामा ट्रम्पको पुनर्योदय हुने संकेत

Advertisement

काठमाडौं । शक्ति राष्ट्र अमेरिकामा रिपब्लिकन पार्टीका नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुनर्योदय हुने संकेत देखिएको छ । 
 
जारी मतगणनाले सिनेटमा नियन्त्रण गर्ने सँघारमा रिपब्लिकन पार्टी अघि बढेको छ । हालसम्म सिनेटका २४७ सिटमा ट्रम्पको पार्टीले जितेको छ भने कमला ह्यारिस उम्मेदवार रहेको डमोक्राट पार्टीले २१४ सिट जितेको छ । 

ओहायो राज्यका वर्तमान सिनेटर शेरड ब्राउन पराजित भएपछि अब सिनेटमा डेमोक्र्याटिक पार्टीले आफ्नो नियन्त्रण बनाइराख्ने सम्भावना झिनो बन्दै गएको छ।

Advertisement

उक्त पार्टीले दुई सीट गुमाइसकेको छ भने मन्टानामा पनि जोन टेस्टर जोखिममा परेका छन् । अन्यत्र डेमोक्र्याटहरूले नजिते अब सिनेटको नियन्त्रण रिपब्लिकनको हातमा पुग्ने छ।

यतिखेर डेमोक्र्याट उम्मेदवारले सिनेट सदस्य जित्ने अन्य ठाउँ खासै देखिँदैन भन्दै बीबीसीले फ्लोरिडा र टेक्ससमा रिपब्लिकन उम्मेदवारले जितिसकेको जानकारी दिएको छ । 

नेब्रास्कामा ६९ प्रतिशत मतगणना भइसक्दा रिपब्लिकन उम्मेदवार डेब फिशर स्वतन्त्र उम्मेदवार ड्यान अस्बोर्नभन्दा थोरैले अगाडि छन् । अस्बोर्नले जिते पनि सिनेटमा उनी डेमोक्र्याटहरूको पक्षमा लाग्छन् भन्न सकिँदैन ।

यदि डोनल्ड ट्रम्प राष्ट्रपति अनि जेडी भान्स उपराष्ट्रपतिमा निर्वाचित भए भने जेडी भान्सले सिनेटमा निर्णायक भोट हाल्न पाउने हुनाले नेब्रास्कामा जेसुकै भएपनि त्यसले महत्त्व राख्ने छैन ।

ट्रम्पको जितको संभावना बढेपछि अमेरिकाका विभिन्न भागमा ट्रम्प समर्थकहरूले खुसी मनाइरहेका तस्वीरहरू आएका छन् ।

आफूले समर्थन गरेको उम्मेदवारले प्रक्षेपणहरूमा राम्रो प्रदर्शन गरिरहेकोले उनीहरू हर्षित देखिएका छन्।

कतिपयले मागा ‘मेक अमेरिका ग्रेट अगेन’ भनिने ट्रम्पको निर्वाचन अभियानको नारा अङ्कित टोपी लगाएका छन् भने कतिपले अमेरिकी झण्डा ओढेका छन् ।


 

Advertisement

Advertisement