काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
उक्त त्रैमासिक समिक्षा पारित गर्न अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ ।
चौतर्फी दबाबका कारण राष्ट्र बैंकले केही लचिलो नीति लिन सक्ने आंकलन गरिएको छ ।