काठमाडौं । विभिन्न तीन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । ग्लोबल आईएमई लघुवित्त, आत्मनिर्भर लघुवित्त र समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेका हुन् ।
यसैक्रममा ग्लोबल आईएमई लघुवित्त सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश (करसहित प्रस्ताव गर्ने निर्णय गरेको सीईओ हरिकृष्ण जोशीले जनाएका छन् ।
त्यस्तै आत्मनिर्भर लघुवित्त सञ्चालक समितिको हिजै बसेको बैठकले आव २०७९/८० को नाफाबाट बोनस १० प्रतिशत र नगद ५ प्रतिशत गरी १५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ सोगतवीर चौधरीले जनाएका छन् ।
यसैगरी समता घरेलु लघुवित्तको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट ५.४२२२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद गरी प्रतिशत गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वराज श्रेष्ठले जनाएका छन् ।
तीनवटै लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।